हेटौडा, हेटौडा बाट संचालनमा रहेको गगन मिडिया प्रा.लि द्वारा संचालित रेडियो सरोबर ९२.५ मेगाहर्जको आयोजनामा बृहत तिज बिशेष कार्यक्रम २०८२ ,सरोबर चेली सम्मान एवंम् दुना टपरी गास्ने प्रतियोगिता आज सम्पन्न भएको छ ।
रेडियो सरोबरले विगतका बर्षहरुमा समेत गर्दै आइरहेको सरोबर चेली सम्मान कार्यक्रममा यस बर्ष राजनीतिक विधा अन्तर्गत हेटौडा उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष जुना दहाल,सामाजिक विधा अन्तर्गत सिविन नेपालका सम्झना अधिकारि र पत्रकारिता विधा अन्तर्गत शुभ लक्ष्मी वि.क (प्रभा) सम्मानित हुनुभएको छ ।


२०० भन्दा बढी उत्कृस्ट नृत्य गर्ने सहभागीलाइ गिफ ह्याम्पर प्रदान गर्दै रेडियो सरोबरले बिस्तारै चलन चल्तीमा घट्दै गइरहेको दुना टपरी गास्ने प्रतियोगिता अबिबाहित नारीहरुमा संचालन गरेको हो । प्रतियोगितामा उत्कृष्ट तिन जना दिपा खतिवडा,सर्मिला बिष्ट र सुलोचना राइ संगै प्रतिस्पर्धामा भाग लिनु हुने सम्पूर्णलाइ उपहार प्रदान गरिएको छ। कार्यक्रममा माननीय कुमारी मोक्तानको प्रमुख आतिथ्यमा रहेको थियो भने विशिष्ट अथिति जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान,पेस सेन्टर केन्द्रिय सदस्य अन्जली थापा,पत्रकार देबराज पन्त लगाएतको आतिथ्यता रहेको कार्यक्रममा रेडियो सरोबर ९२.५ मेगाहर्जका संचालक/ब्यबस्थापक दिकपाल तिमल्सिनाले सभाध्यक्षता ग्रहण गर्नु भएको थियो ।







