By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Hello Belauri
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
Hello BelauriHello Belauri
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Hello Belauri > समाचार > मकवानपुरमा ट्रेड युनियन महासंघले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनायो

मकवानपुरमा ट्रेड युनियन महासंघले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनायो

संवाददाता
संवाददाता
२०८२ बैशाख १९, शुक्रबार १७:३६

हेटौंडा । १८ वैशाख, हेटौंडामा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइएको छ । हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिख,१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज हेटौंडामा पनी कार्यक्रम गरी मनाइएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला समिति, मकवानपुरको आयोजनामा हेटौंडामा र्याली निकालेर दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा बागमती प्रदेश सासंद कुमारी मोक्तानले हामी श्रमजीवी सगं जोड्ने उत्पादन सगं जोड्ने र हामीले हाम्रो दिगो रुपमा लाग्न पर्नेछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति देशमा श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रूपान्तरण सम्भव रहँदैन । नेकपा माओवादी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमले मजदुर आन्दोलन भनेको पेसागत आन्दोलन मात्र हैन समाजमा देखिएको हरेक मजदुरको हक, हित र अधिकार स्थापित गर्न योगदान गर्ने विश्वास राख्ने र श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने बताए । हेटौंडाको भुटनदेवी रोडबाट निकालिएको र्यालीले हेटौंडा-९ हनुमान गेट सम्म परिक्रमा गरेको थियो । नेकपा माओवादी निकट ट्रेड युनियनको आयोजनामा गरिएको कार्यक्रममा हेटौंडाको विभिन्न उद्योग, कलकारखाना, विभिन्न सघं संस्था कार्यालयहरूमा कार्यरत श्रमिकहरुको सहभागिता रहेको थियो । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइने गरिन्छ । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा मे दिवसको दिन सार्वजनिक बिदा दिन थालिएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य प्रमिला लामा, बागमती प्रदेश सासंद प्रेम बहादुर पुलामि (छिन्तु), अखिल नेपाल ट्रेड युनियन महासंघ बागमति प्रदेश अध्यक्ष मिलन लामा, सर्केश घलान, भिम पाख्रिन, बिर बा. घलान (ज्वाला), ललित घलान, बिवेक राई, कमान सिं पाख्रिन लगायत अन्य मजदुर नेताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम रामशरण घिमीरे (भान्जा) को सभाध्यक्षतामा सम्पन्न भएको हो ।

Facebook Comments Box
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड अवरुद्ध
सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो
लायन्स डिस्ट्रीक्ट ‘एस’को सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा जेपी यादव निर्विरोध निर्वाचित-को हुन यादव ?
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो
सोलिड्यारिटीको ३२ औं वार्षिकोत्सवमा पत्रकार आचार्य सम्मानीत

थप समाचार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

२०८२ पुष ६, आईतवार ११:१८

५०औं स्वर्ण महोत्सव बिभिन्न कार्यक्रमका साथ मनाउदै निर्मल मा.वि.। प्रधानाध्यापक प्रवोध विडारी

२०८२ पुष ४, शुक्रबार १८:२२

आज सुन–चाँदीको भाउ घट्यो

२०८२ पुष ६, आईतवार १०:५०

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

२०८२ पुष ६, आईतवार १०:५४

सुन–चाँदीको मूल्य फेरि बढ्यो

२०८२ पुष ६, आईतवार १०:५६

हेटौँडा, दमौली र बिर्तामोडमा शाओमीको तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

२०८२ पुष ६, आईतवार ११:०६

नेपाल सेमिफाइनल होडबाट बाहिरियो

२०८२ पुष ६, आईतवार ११:११

राष्ट्र बैंकले साढे ६ अर्ब मुद्दतीमा राख्दै

२०८२ पुष ६, आईतवार १०:५८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. :
  • सञ्चार रजिष्ट्रार दर्ता नं. :
  • प्रेस काउन्सिल दर्ता नं. :
  • बिज्ञापनको लागि :

हाम्रो टिम

  • अध्यक्ष / संचालक :
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना :
  • फोन :
  • इमेल :
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?