By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Hello Belauri
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
Hello BelauriHello Belauri
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Hello Belauri > Banner-1 > सहकारीको स्थापना दिवसको अवसरमा सदस्यहरु सम्मानित

सहकारीको स्थापना दिवसको अवसरमा सदस्यहरु सम्मानित

संवाददाता
संवाददाता
२०८१ माघ १८, शुक्रबार १७:०८

हेटौंडा÷कमानेमा अवस्थित सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्थाको छैठौं स्थापना दिवसको अवसरमा विभिन्न विधामा शेयर सदस्य सदस्यहरुलाई सम्मान गरेको छ । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको अध्यक्षता रहेको थियो । सहकारीले सक्रिय समूहतर्फ सक्रिय सर्वोत्तम समूह, अधिक बचत गर्ने समूहतर्फ भावना सर्वोत्तम समूह, धेरै अनुदान प्राप्त गर्ने समूहतर्फ कालिका सर्वोत्तम समूह, अनुशासित समूहतर्फ रानी दरवार सर्वोत्तम समूहलाई सम्मान गरिएको थियो । त्यस्तै, अधिक मासिक बचततर्फ कृष्णबहादुर भुर्तेल, अधिक बालबचततर्फ सम्भवी श्रेष्ठ, अधिक आवधिक राधिका पौडेल र लक्ष्मण विष्ठ, अधिक शेयर खरिदतर्फ अमृत लामिछाने जेष्ठ सदस्यतर्फ वेदप्रसाद दुलाल, असल ऋणीतर्फ सन्तमाया गोले, विद्यार्थीतर्फ एन्जिला थापालाई सम्मान गरिएको थियो । यसैगरि सहकारीले लामो समयदेखी सेवारत कर्मचारीहरु लक्ष्मी ढुङ्गाना, शर्मिला मोक्तान र लक्ष्मी सिंखडा, संस्थामा सेवागरी योगदान दिनुहुने कर्मचारीहरुलाई विदाईतर्फ अविनाथ मल्ल, वेदबहादुर दनै र रवि सुवेदीलाई विदाई सम्मान गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, वडा नम्बर ८ का वडाध्यक्ष रामकृष्ण थापा, वडा ७ का अध्यक्ष दामोदर गौतम, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य हिमाल पौडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, सुन्दर साकोसका अध्यक्ष शम्भु नकर्मी, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जंगबहादुर गुरुङ, नमूना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारप्रसाद न्यौपाने, संस्थाका सल्लाहकारहरुको आतिथ्या रहेको थियो । सहकारीले तोरीको तेल, नरिवलको तेल, पिना, फापर, कोदो, चनाको पिठो उत्पादन गर्नुका साथै चियापत्ती, भटमास, विभिन्न दालका प्रकार, बेसार लगायत अन्य खाद्य वस्तुहरु आफ्नै उद्योगबाट उत्पादन गरि विक्री वितरण गर्दै आइरहेको संस्थाका व्यवस्थापक राजाराम थापाले बताए । सोही अवसरमा संस्थाका अध्यक्ष बस्नेतले संस्थाको दीगो विकास र भावि कार्ययोजना सहितको कार्यपत्र प्रस्तुत गरिनुका साथै संस्थाको इतिहास झल्किने भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

Facebook Comments Box
आज अमेरिकी डलरको भाउ घट्यो
सुनकाे भाउ १ हजार १ सय रुपैयाँले घट्याे
सुख्खा पहिरो खस्दा नारायणघाट-मुग्लिन सडक अवरुद्ध
शेयर बजार आज पनि बढ्याे
गैरसरकारी संस्थामाथि नियोजित भ्रम फैलाईयोः महासंघ

थप समाचार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

२०८२ पुष ६, आईतवार ११:१८

५०औं स्वर्ण महोत्सव बिभिन्न कार्यक्रमका साथ मनाउदै निर्मल मा.वि.। प्रधानाध्यापक प्रवोध विडारी

२०८२ पुष ४, शुक्रबार १८:२२

आज सुन–चाँदीको भाउ घट्यो

२०८२ पुष ६, आईतवार १०:५०

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

२०८२ पुष ६, आईतवार १०:५४

सुन–चाँदीको मूल्य फेरि बढ्यो

२०८२ पुष ६, आईतवार १०:५६

हेटौँडा, दमौली र बिर्तामोडमा शाओमीको तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

२०८२ पुष ६, आईतवार ११:०६

नेपाल सेमिफाइनल होडबाट बाहिरियो

२०८२ पुष ६, आईतवार ११:११

राष्ट्र बैंकले साढे ६ अर्ब मुद्दतीमा राख्दै

२०८२ पुष ६, आईतवार १०:५८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. :
  • सञ्चार रजिष्ट्रार दर्ता नं. :
  • प्रेस काउन्सिल दर्ता नं. :
  • बिज्ञापनको लागि :

हाम्रो टिम

  • अध्यक्ष / संचालक :
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना :
  • फोन :
  • इमेल :
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?