By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Hello Belauri
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • मनोरन्जन
  • खेलकुद
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • अन्य
    • स्वास्थ्य
    • कृषि
    • राशिफल
Hello BelauriHello Belauri
  • प्रदेश
  • कृषि
  • राशिफल
  • मनोरन्जन
  • शैक्षिक गतिबिधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • शैक्षिक गतिबिधि
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Hello Belauri > अर्थतन्त्र > कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ बाट आईपीओ निष्कासन गर्ने । कसले

कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ बाट आईपीओ निष्कासन गर्ने । कसले

संवाददाता
संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १०:३६

काठमाडौं । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडले जेठ १९ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ (IPO) निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात् १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो ।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरू) तथा भीमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरू) का स्थानीय बासिन्दाहरूले यो आईपीओ  खरीदका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयसँगै दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने आईपीओको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको छ ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिनेछ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा यो आईपीओ असार १ गतेसम्म विक्रीमा रहनेछ । यस अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने असार १७ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने असार १ गतेभित्र आवेदन दिनु पर्नेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत आवेदन दिन सकिनेछ ।

यस कम्पनीले दोलखामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल  लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ छ ।

Facebook Comments Box
बुधबार १६.४९ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ८७ करोडमाथिको कारोबार
चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ : कार्यकारी निर्देशक घिसिङ
सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले बढ्यो
नेप्से परिसूचक १०.४१ अंकले घटयो
साउनमा वीरगञ्ज नाकाबाट हुने आयात, निर्यात दुवै बढ्यो

थप समाचार

दार्चुला केन्द्रबिन्दु भएर भूकम्प

२०८२ पुष ६, आईतवार ११:१८

५०औं स्वर्ण महोत्सव बिभिन्न कार्यक्रमका साथ मनाउदै निर्मल मा.वि.। प्रधानाध्यापक प्रवोध विडारी

२०८२ पुष ४, शुक्रबार १८:२२

आज सुन–चाँदीको भाउ घट्यो

२०८२ पुष ६, आईतवार १०:५०

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

२०८२ पुष ६, आईतवार १०:५४

सुन–चाँदीको मूल्य फेरि बढ्यो

२०८२ पुष ६, आईतवार १०:५६

हेटौँडा, दमौली र बिर्तामोडमा शाओमीको तीन नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

२०८२ पुष ६, आईतवार ११:०६

नेपाल सेमिफाइनल होडबाट बाहिरियो

२०८२ पुष ६, आईतवार ११:११

राष्ट्र बैंकले साढे ६ अर्ब मुद्दतीमा राख्दै

२०८२ पुष ६, आईतवार १०:५८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. :
  • सञ्चार रजिष्ट्रार दर्ता नं. :
  • प्रेस काउन्सिल दर्ता नं. :
  • बिज्ञापनको लागि :

हाम्रो टिम

  • अध्यक्ष / संचालक :
  • सम्पादक :
  • ब्यबस्थापक :
  • न्यूज डेस्क :
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना :
  • फोन :
  • इमेल :
Facebook Youtube Tumblr
© 2023 | All Rights Reserved | Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?